नेकपाका दुई अध्यक्ष बीच हुने भनिएको बैठक स्थगित

नेकपाका दुई अध्यक्ष बीच हुने भनिएको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीच हुने भनिएको बैठक तत्कालका लागि स्थगित भएको छ । बुधबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको भेटवार्ता तत्कालका लागि स्थगित भएको हो ।

बालुवाटार निकट स्रोतका अनुसार आज नेकपाका उपाध्यक्ष वामदेव गौतमको सर्वोच्च अदालतमा बहस हुने भएकाले बैठक स्थगित भएको हो । उपाध्यक्ष गौतम विरूद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुँदैछ । गत असोज ७ गते सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतम विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । दुई अध्यक्ष बीच तय भएको बैठक एकाएक स्थगित भएसँगै मन्त्रिमण्डल पुनर्गठनको काम अन्योलमा परेको छ ।

Logo