रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जीत

रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जीत

केन्द्रबिन्दु
0
Shares

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको गोलसँगै इंग्लिस प्रिमियर लिग (इपीएल) मा म्यानचेष्टर युनाईटेडले पुनरागमन जीत निकालेको छ। 

आइतबार राति भएको खेलमा भ्रमणकारी टोली म्यानचेष्टरले वेष्ट हाम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो। लण्डन स्टेडियममा १–० गोल अन्तरले पछि परेको स्थितिमा म्यानचेष्टर युनाईटेड खेलमा पुनरागमन गरेको हो। 

खेलको ३० मिनेटमा साइड बेन्राहमाको गोलमा घरेलु टोली वेष्ट हामले खेलमा अग्रता बनाएको थियो। त्यसको ५ मिनेटमै रोनाल्डोले बराबरी गोल गरे। 

खेल सकिन १ मिनेट बाकी रहँदा जेसे लिंगार्डले गोल गर्दै म्यानचेष्टरलाई महत्वपूर्ण तीन अंक दिलाए। लिंगार्डले माटिकको पास सदुपयोग गरेका थिए। 

खेलमा थपिएको ५ मिनेटमा म्यानचेष्टरका गोलरक्षक डेभिड डे गेआले पेनाल्टी रोक्दै टोलीलाई अंक बाढ्नबाट जोगाएका थिए। 

जितसँगै म्याचनेष्टर युनाईटेड प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ। ५ खेलमा ४ जित र १ बराबर गरेको युनाईटेड शीर्षस्थानको लिभरपुलसँग समान १३ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो  स्थानमा रहेको हो।

यता, पराजित वेष्ट हाम भने ५ खेलबाट २ जीत, २ बराबर र १ हारसहित ८ अंक बनाउँदै आठौं स्थानमा रहेको छ।न्युज कारखाना 

Skip This
Skip This
Logo