फ्रेन्च लिग वानमा पिएसजी विजयी

फ्रेन्च लिग वानमा पिएसजी विजयी

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले पराजित गरेको छ । ५४ औँ मिनेटमा तोलेन्तिनो कोएल्हो डी लिमाले गोल गरी लियोनलाई सुरुवाति अग्रता दिलाएका थिए ।

६६ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा आइकार्डीले गोल गरी पिएसजीलाई जित दिलाए ।

जितपछि ६ खेलबाट १८ अंकसहित पिएसजी शीर्ष स्थानमा कायम छ । पिएसजीका लियोनल मेस्सीले घरेलु मैदानमा डेब्यु गरेका छन् । तर उनले पहिलो हाफ मात्र खेलेका थिए । 

Skip This
Skip This
Logo