इंग्लिस प्रिमियर लिगमा चेल्सीले घरेलु टोली टोटेनह्याम हटस्परमाथि सानदार जित दर्ता गरेको छ । टोटेनह्याम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोलीलाई ३–० ले पराजित गरेको हो ।
चेल्सीको जितमा थियागो सिल्भा, एङगोलो कान्टे र एन्टेनियो रुडिगरले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफका शुरुमै ब्राजिली डिफेन्डर थियागो सिल्भाले गोल गर्दै पाहुना टोली चेल्सीलाई १–० को अग्रता दिलाए । ५७औं मिनेटमा एङ्गोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्टेनियो रुडिगरले टिमो वेर्नरको पासमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।
जितपछि अपराजित रहेको चेल्सी ५ खेलबाट १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।































प्रतिक्रिया