एकीकृत समाजवादीका १४ सांसदको पद रहला कि गुम्ला?, आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका १४ सांसदको पद रहला कि गुम्ला?, आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादीविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो। 

पार्टीले निस्काशन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुख सापकोटाविरुद्ध रिट दायर गरेका थिए।

ओली सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त गरेको सूचना नियतवस नटाँसेर पार्टी फुटाल्ने मतियार बनेको आरोप लगाएका छन्। 

तीनै निस्काशित व्यक्तिको सनाखत गरेर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई र एकीकृत समाजवादीलाई पनि विपक्षी बनाइएको छ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा एकीकृत समाजवादीमा रहेका माधवकुमार नेपालसहित १४ जना सांसद पद गुम्नेछ। 

अन्तरिम आदेश जारी नभएमा भने उनीहरुलाई राहत मिल्नेछ।

माधव नेपालसहित एकीकृत समाजवादीका १४ सांसदको भविष्य आज निर्धारण हुँदैछ।

अदालतमा मुद्दा दायर गरेको एमालेले १४ सांसदलाई कारवाही नगरेको भन्दै संसदभित्र सभामुख सापकोटाविरुद्ध निरन्तर रोष्टम घेराउ गरिरहेको छ। सोमबार पनि एमालेले संसद् अवरुद्ध गरेको छ।

Skip This
Skip This
Logo