राष्ट्रियसभा बैठकमा तीन वटा विधेयक पेस हुँदै, संशोधनका लागि ७२ घण्टा समय

राष्ट्रियसभा बैठकमा तीन वटा विधेयक पेस हुँदै, संशोधनका लागि ७२ घण्टा समय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। 

सोमबार प्रतिनिधिसभाबाट पारित भएको बजेट आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीन वटै विधेयक पेस गर्ने कार्यक्रम छ। आजको बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गरिने भएको हो। 

अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुने गरी प्रतिनिधि सभाले सोमबार पास गरेको थियो।

दलहरूबिच सहमति भए विधेयकबारे आजै सैद्धान्तिक छलफल हुने बताइएको छ। सैद्धान्तिक छलफल सकिएपछि विधेयक संशोधनका लागि ७२ घण्टा समय दिइने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद  तिम्सिनाले जानकारी दिएका छन्।

Skip This
Skip This
Logo