सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदै?

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। आइतबार स्थिर थियो भने सुन सोमबार २ सयले घटेको थियो।

गत हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले घटेको थियो। यस्तै शुक्रबार १४ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार २०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज बढेको छ। चाँदी आज ५ रुपैयाँ बढ्दै एक हजार १३५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo