कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

आज दिउँसो 

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । 

आज राति पनि कतिपय स्थानमा पानी पर्ने सम्भावना छ । महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले बिहान देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Skip This
Skip This
Logo