आज १ हजार ५५० जना निको भए, १ हजार ४७६ कोरोना संक्रमित थपिए

आज १ हजार ५५० जना निको भए, १ हजार ४७६ कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५५० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ।

नेपालमा आज १ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८९ हजार ८७२ जना र एन्टीजेन परीक्षणबाट ९० हजार २८० जना पुगेको छ। 

आज ९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ।

आज १५ हजार ६९० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४१ लाख ४६ हजार ७८३ जनाको पिसिआर र ५ लाख ५६ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।
 

Skip This
Skip This
Logo