राजेश पायल, दयाहाङ र विल्सनः तीन राई पहिलोपटक एउटै फ्रेममा (भिडियोसहित)

राजेश पायल, दयाहाङ र विल्सनः तीन राई पहिलोपटक एउटै फ्रेममा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक राजेश पायल राईको बहुप्रतिक्षारत ‘देम सारो’ (के साह्रो) बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

दर्शन नमस्ते ५ एल्बममा रहेको यो गीत शुक्रबार राजेश पायल राईको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । 

राजन मुकारुङको शब्द रहेको यो गीतको म्यूजिक भिडियोमा तीन जना राई इज किङ्लाई पहिलो पल्ट एउटै फ्रेममा देख्न सकिन्छ ।

 गीतको म्यूजिक भिडियोमा राजेश पायल राई, दयाहाङ राई, विल्सन बिक्रम राई र रजनी गुरुङले अभिनय गरेका छन् । 

‘देम सारो’ गीत रिलिज हुनु पूर्व नै धेरै चर्चामा आइसकेको थियो । ‘मैले आफ्नो जन्मस्थान खोटाङ्को एउटा कन्सर्टमा गाएको थिएँ तर, कसरी, कहाँबाट यो गीत यति धेरै हिट भयो मलाई नै थाहा छैन,’ राजेशले भने । 

गीतको एरेन्ज फनिन्द्र राईले गरेका छन् । त्यस्तै गीतको मिक्स साजन शाहको रहेको छ भने गीत रेकर्डिष्ट शरण छिनाम र सुमन खड्का रहेका छन् । गीतको रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको हो । 

 

Skip This
Skip This
Logo