बुन्डेसलिगामा बायर्नको जित

बुन्डेसलिगामा बायर्नको जित

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले घरेलु टोली ग्रिउथेर फर्थलाई पराजित गरेको छ ।

१० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो ।  खेलको १०औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।

३१औं मिनेटमा योसुवा किम्मिखले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा बेन्जामिन पाभार्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित बन्न पुग्दा दवावमा आएको थियो ।

तर ६८औं मिनेटमा सेवास्टिएन ग्रिसवेकले आत्मघाती गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी रहँदा सेडरिक इट्टेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि घरेलु टोलीको हार टार्न सकेन ।

यो जितसँगै अपराजित रहेको बायर्न ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । 

Skip This
Skip This
Logo