कथाकार लक्ष्मीकिशोरको कथासङ्ग्रह ‘तमोरको सुसेली’ बजारमा

कथाकार लक्ष्मीकिशोरको कथासङ्ग्रह ‘तमोरको सुसेली’ बजारमा

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार तथा शिक्षक नेता लक्ष्मीकिशोर सुवेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण सम्पन्न भएको छ।

 शिक्षाविद् तथा साहित्यकार खगराज बराजको प्रमुख आथित्यतामा सम्पन समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गरेका थिए।

सभामा उपस्थित नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुवेदी, लेखककी आमा र लेखक स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण  गरेका थिए। 

पुस्तकमाथि बोल्दै मदन पुरस्कार विजेता लेखक शाहले आञ्चलिक, शिक्षक र विद्यार्थीको सम्बन्ध र यौन मनोविज्ञानको समिश्रण रहेकाले पुस्तक सबैले पढ्न उपयुक्त  रहेको बताए।
 
नाटककार अशेष मल्लले  आफू जन्मिएको ठाँउको कथाहरू  भएकोले कथाहरू मन परेको र आफ्नो बालापनको सझना गराएको बताएका थिए।

नेपाल सरकारका पूर्वसचिव तथा साहित्यकार खगराज बरालले कथाहरू पढ्दै जाँदा समय सकिएको थाहा नहुने र कथाभित्र रहेका संवादहरू दार्शनिक रहेको र कथा सबैले पढ्नयोग्य रहेको बताएका थिए।

कार्यक्रम समापन गर्दै आख्यानकार  भुवनहरि सिग्देलले कथाले नेपालको पूर्वी भागको मनमोहक भ्रमण गराएको बताए। चर्चित उद्घाेषक सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पाठक र साहित्यकारको उपस्थिति थियो ।
 
शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकको बजार मूल्य रु ३७५ रहेको छ। 

Skip This
Skip This
Logo