एनभीए क्लब भलिबलः ढोरपाटनलाई पराजित गर्दै एपीएफको विजयी सुरुवात

एनभीए क्लब भलिबलः ढोरपाटनलाई पराजित गर्दै एपीएफको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल एपीएफ क्लबले पुरुषतर्फ विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको दोस्रो खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–१ सेटको जित हात पारेको हो ।

पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो । जितसँगै एपिएफले तीन अंक जोडेको छ । 

Skip This
Skip This
Logo