शेयर बजारमा आज पनि उच्च गिरावट, ६१ अंकले घट्यो नेप्से

शेयर बजारमा आज पनि उच्च गिरावट, ६१ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

नेप्से घटने क्रम यस हप्ता पनि निरन्तर छ। साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च अंकले गिरावट आएको हो। 

आइतबार नेप्से ६१.२७ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा यो करिब २.१७ प्रतिशतले कम हो।

आइतबार बजार खुलेदेखि नै नेप्से घट्न थालेको थियो। कारोबार अवधिभर नेप्से उतारचढावमै रह्यो। 

अन्त्यमा सवा ६१ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ५८.४८ विन्दुमा रोकिएको छ।

आज कारोबारमा आएका मध्ये सामूहिक लगानीकोष बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेको छ। आज ६ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Skip This
Skip This
Logo