पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार दिने

पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।आज सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको हो । चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ । 

प्राप्त गानमध्ये उत्कृष्टलाई पुरस्कार दिइने नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्न सकिने नगरपालिकाले जनाएको छ । 

Logo