कोलकातालाई पराजित गर्दै चेन्नई शीर्षस्थानमा

कोलकातालाई पराजित गर्दै चेन्नई शीर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले आइतबारको खेलमा कोलकाता नइटराइडर्सलाई २ विकेटको हराएको हो । 

निकै रोमान्चक बनेको खेलमा कोलकाताले दिएको १७२ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा पूरा गर्द‌ै जित दर्ता गरेकाे हाे । चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ४३ रनको योगदान दिँदा, रुतुराज गायकवाडले ४०, मोइल अलीले ३२ र रविन्द्र जडेजाले २२ रन जोडे ।

कोलकाताका सुनिल नारायणले ३, लोकी फर्गुसन, प्रसिद्ध कृष्णा, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १–१ विकेट लिए ।

यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको  कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । 

Skip This
Skip This
Logo