टोटेनह्याममाथि आर्सनलकाे जित

टोटेनह्याममाथि आर्सनलकाे जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले एक एक गोल गरे ।

टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए । घरेलु मैदानमा स्मिथले १२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।  खेलको २८ औं मिनेटमा औबामियाङले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

३४ औं मिनेटमा साकाले गोल गर्दा आर्सनल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा सनले एक गोल फर्काए पनि आर्सनल ३-१ ले विजयी भयो ।

यस जितसँगै आर्सनलले ६ खेलमा ९ अंक जोडेको छ । आर्सनल १० औं स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo