विश्वका टप २५० एम्.एस्.एस्.पीमध्ये भैरव टेक्नोलोजी १५१औँ स्थानमा

विश्वका टप २५० एम्.एस्.एस्.पीमध्ये भैरव टेक्नोलोजी १५१औँ स्थानमा

केन्द्रबिन्दु
0
Shares

नेपालमा स्थापित भैरव टेक्नोलोजी, विश्वका एम्.एस्.एस्.पी प्रदायकमध्ये १५१औँ स्थानमा पर्न सफल भएको छ भने एसियाका उत्कृष्ट १५ मा परेको छ।

सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको हो।

साइबर सेक्युरिटीको विश्वमा सुप्रसिद्ध भैरव टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एस्.ओ.सी (सेक्युरिटी अपरेशन्स सेन्टर) को साईबर थे्रट मनिटरिङ सिस्टम (सि.टि.एम्.एस्)द्वारा कम्पनीहरुलाई साईबर सुरक्षा प्रदान गर्दछ । 

नेपालमै बनेको, र विभिन्न प्रावधानहरुबाट प्रयोगमा ल्याइएको भैरवको ईन–बिल्ट सफ्टवेयर भैरव सि.टि.एम्.एस्ले आर्टिफिसियल इन्टेलिजेन्स, थे्रट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साईबर सेक्युरिटी एनलिस्टहरुको समूह) को संयोजनबाट कम्पनीहरुको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखी २४सै घण्टा, ३६५ दिन ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साईबर सुरक्षा दिने कार्य गर्दै आएको छ । 

नेपालमा पहिलोपटक यस किसिमको साईबर सुरक्षा प्रणाली सुचारु गरेको भैरवले एस्.ओ.सी सेवा मात्र प्रदान गर्दैन, आवासीय र गैरआवासीय कम्पनीहरुसँग साझेदारी गरी विविध सेवाहरु, जस्तै भि.ए–पि.टी (भल्नरेबिलिटी असेसमेन्ट–पेनिट्रेशन टेस्टिङ), व्यवस्थित जि.आर.सी सेवा, इन्र्पmमेसन सिस्टम अडिट, साईबर सेक्युरिटीको जानकारी, र विविध सेवासुविधाहरु प्रभावशालीरुपमा प्रदान गर्दछ । 

यसैगरी, अधिक आर. ओ. आई (रिर्टन अफ इन्भेस्टमेन्ट), निम्न परिचालन लागत, र अन्य व्यापारिक लाभार्थहरु पनि यस कम्पनीले प्रदान गर्दछ । यसकारण, नेपालका विभिन्न “क” वर्गका वित्तिय संस्थालगायत आइ.टी कम्पनीहरुले भैरवको साईबर सेक्युरिटीको सेवासुविधाहरु प्रयोग गरिरहेका छन्। 

साईबर सेक्युरिटीको नयाँ उचाइमा पुग्न सफल भैरव, सदा साथ रहेका प्रिय ग्राहकवर्गमा, यहाँसम्म पुग्न ग्राहकवर्गको पनि अभिन्न योगदान रहेको दाबी गर्दै उनीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

Skip This
Skip This
Logo