इपीएल: पोखराद्वारा ललितपुर पराजित

इपीएल: पोखराद्वारा ललितपुर पराजित

केन्द्रबिन्दु
0
Shares

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ । 

त्रिवि क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै रित गौतमले १२ रन बनाए । साहन अराचिगे १ रनमा अविजित रहे ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।

वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियो ।

जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ । पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।

ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो । अंकविहीन ललितपुर पुछारमा रहेको छ ।

Logo