बार्सिलोना पराजित हुँदै समूहकाे पुछारमा

बार्सिलोना पराजित हुँदै समूहकाे पुछारमा

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले पराजित भएको हो ।

खेलको तेस्रो मिनेटमा डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा राफाले गोल गर्दा बेन्फिका २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३-० को सानदार जित दिलाए ।

जितसँगै समूह ई बेन्फिकाले २ खेलमा ४ अंक जोडेको छ । बेन्फिका दोस्रो स्थानमा रहँदा लगातार दोस्रो हार व्यहोरेको बार्सिलोना पुछारमा छ ।

Skip This
Skip This
Logo