कीर्तिमानी खेलमा रोनाल्डोले गोल गर्दा युनाईटेड विजयी

कीर्तिमानी खेलमा रोनाल्डोले गोल गर्दा युनाईटेड विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।  भिल्लाविरुद्धको खेल्दै  रोनाल्डो १७८ औं च्याम्पियन्स लिग खेल्ने खलेाडी बन्दै कीर्तिमान बनाएका हुन् । 

रोनाल्डोकाे उक्त कीर्तिमानी खेलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति युनाईटेडले स्पेनिस क्लब भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५३ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा एलेक्स टेलसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलकाे इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

Skip This
Skip This
Logo