गुल्मीमा चट्याङ लागेर ९ जना घाइते

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते

केन्द्रबिन्दु
0
Shares

गुल्मीको इस्मा गाउँपालिका-४ दोहलीमा चट्याङ लागेर नौ जना घाइते भएका छन् ।

बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नाै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ । तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । 

Logo