इक्वेडरको जेलमा भएको झडपमा मर्नेको संख्या ११६ पुग्यो

इक्वेडरको जेलमा भएको झडपमा मर्नेको संख्या ११६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

इक्वेडरको एउटा जेलमा भएको झडपमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११६ पुगेकाे  छ । घटनामा ५० भन्दा बढी कैदी घाइते छन् ।

गत मंगलबार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।  

झडप नियन्त्रणमा लिन प्रहरीले चार सय प्रहरी परिचालन गरेको थियो । यो जेलमा लागूऔषध गिरोहका सदस्यहरुलाई राखिएको थियो ।

इक्वेडरमा लागूपदार्थ नेटवर्क चलाउने मेक्सिकोको समूहको आदेशमा झडप भएको बिबिसीले जनाएको छ ।

सुरक्षाकर्मीले यो घटनालाई भयङ्कर त्रासदीपूर्ण भनेका छन् । जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो ।

घटना पछि राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् 

Skip This
Skip This
Logo