दसैँमा घर फर्किने नागरिकको कोरोना परीक्षण अनिवार्य

दसैँमा घर फर्किने नागरिकको कोरोना परीक्षण अनिवार्य

केन्द्रबिन्दु
0
Shares

दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन्। भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ।

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसैंका लागि घर फर्किरहेका छन्। झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए। झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ।   

उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो। उनले भने, “नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ।”

हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत  कोरोना परीक्षण भइरहेको छ। झुलाघाट नाकाभएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोटलगायतका नागरिक आवतजावत गर्ने गर्दछन्। स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ। 

जिल्लामा हाल १७ कोरोनाका सक्रिय सङ्क्रमित छन् हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।

Skip This
Skip This
Logo