तोलामा ९ सयले बढ्यो सुनको मूल्य

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज नौ सय रुपैयाँले बढेको हो ।

आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधवार एक सयले घट्यो। त्यस्तै बिहीबार २ सयले घटेको थियो ।

आज छापावाला सुनको प्रतितोला  ८९ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार १५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 
यता चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज २० रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo