कोरोना महामारीका कारण पछिल्लो १९ महिनादेखि बन्द रहेको विराटनगरस्थित जोगबनी नाका आइतबारदेखि पूर्णरुपमा खुलेको छ।
मन्त्रिपरिषद्को असोज ११ गतेको निर्णयले नाका खोल्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय मोरङले भने नाका खुला गर्न निर्देशन दिएको थिएन।
सवारी साधन आवतजावत पूर्णरुपमा बन्द रहेको उक्त नाकामा सर्वसाधारणको भने आवतजावत रहँदै आएको थियो।
आउँदै गरेको नेपालीहरूको महान् चार्ड दसैँलाई लक्षित गर्दै प्रशासनले नाका खोल्ने निर्णय गरेको हो। विराटनगर आसपासका सर्वसाधारणले उक्त नाका हुँदै भारत तर्फबाट सस्तो मूल्यमा सामान खरिद गरी ल्याउने गरेका छन्।





























प्रतिक्रिया