चाडपर्वलाई लक्षित गरी उपत्यकाका बजारमा अनुगमन तीव्र

चाडपर्वलाई लक्षित गरी उपत्यकाका बजारमा अनुगमन तीव्र

केन्द्रबिन्दु
0
Shares

सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी  काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो। 

बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटाभन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए। उनले पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए। 

अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताए। उनले तीन जनालाई तत्काल जरिवाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए। उनले पसलमा मुख्य व्यापारी नभएकाले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताए।

निरिक्षण अधिकृत झाले अहिले निरन्तररुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताए। 

Skip This
Skip This
Logo