बाजुरामा सहुलियत चामल लिनेको भीड, पहिलाे दिनमै १२० क्विन्टल बिक्री

बाजुरामा सहुलियत चामल लिनेको भीड, पहिलाे दिनमै १२० क्विन्टल बिक्री

केन्द्रबिन्दु
0
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्री सुरु गरेको पहिलो दिन भीड लागेको छ। लामो समयदेखि बन्द रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा साबिकको भन्दा सहुलियत दरमा खाद्यान्न बिक्री हुन थालेपछि स्थानीयको लाइन लागेको हो। 

सहुलियत दरमा चामल बिक्री सुरु भएको मंगलबार पहिलो दिन १२० क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीका प्रमुख नवीन आचार्यले बताए।

उनले अहिले मौजाद चामलले उपभोक्ताको भीड थेग्न सक्ने अवस्था नरहेको बताए।

कोल्टी डिपोबाट आजदेखि प्रतिकिलो पाँच रुपैयाँ छुट गरेर चामल बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा प्रमुख मेघराज ओझाले बताए। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडी बाजुराले अरुवा मोटो चामल प्रतिकिलो ४५ रुपैयाँमा पाँच रुपैयाँ छुट गरेर ४० रुपैयाँ र कोल्टी डिपोबाट प्रतिकिलो ४८ रुपैयाँमा पाँच रुपैयाँ छुट दिएर प्रतिकिलो ४३ रुपैयाँमा बिक्री गरिएको हो।

जिल्लाका मार्तडी र कोल्टीमा चामल बिक्री वितरण भए पनि कवाडी डिपोबाट भने बिक्री सुरु नभएको बताइएको छ। अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा ३०५ क्विन्टल र कोल्टी डिपोमा ४०० क्विन्टल चामल ढुवानी भएको जनाइएको छ।न्युज कारखाना

Skip This
Skip This
Logo