सन्दीप आईसीसी ‘प्लेअर अफ द मन्थ’को मनोनयनमा

सन्दीप आईसीसी ‘प्लेअर अफ द मन्थ’को मनोनयनमा

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् । 

आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछानेसंगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जशकरण मलहोत्रा पनि रहेका छन् ।

प्लेयर अफ द मन्थका लागि बुधबारदेखि नै भोटिङ सुरु भएको छ । सन्दीपले आईसीसी डिभिजन–२ अन्तर्गत ओमानमा भएको त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सिरिजअन्तर्गत सन्दीपले ४ खेल खेलेका थिए । त्यस्तै, सिरिजअघि भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २ खेल खेलेका थिए । 

सन्दीपले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए । उनको इकोनोमी ७ दशमलव ३८ रहेको थियो ।

Skip This
Skip This
Logo