विगतका तालिबानी लडाकु काबुलका शहरमा सैन्य गस्ती गर्दै

विगतका तालिबानी लडाकु काबुलका शहरमा सैन्य गस्ती गर्दै

केन्द्रबिन्दु
0
Shares

दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबानी लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् ।

एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन समायोजनको परिदृष्य हो ।

पूर्ववर्ती अस्रफ घानीको सरकारका पालामा काबुलमा दैनिकजस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । न्यायप्रणाली अत्यन्त लामो र खर्चिलो थियो।रासस\एपी

दुई दशक लामो सैन्य विद्रोहले तत्कालीन सत्तामाथि विजय प्राप्त गरेर शासनको बागडोर आफ्नो हातमा लिएपछि तत्कालीन विद्रोही तालीबानीहरूले कानूनविहीन अराजकताको स्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ।

यसै सन्दर्भमा तत्कालीन विद्रोहीहरू अहिले हातमा एके ४७ राइफल र एम १६ एस लिएर सडकमा गस्तीमा व्यस्त देखिन्छन् ।

यी नवसैनिक शङ्कास्पद अपराधीहरूलाई नियन्त्रणमा लिइरहेका हुन्छन् । आदेश नमान्ने र अटेर गर्नेहरूलाई लखेटिरहेका हुन्छन् ।

अहिले उनीहरू शान्ति स्थापना गर्न लागिपरिरहेका जस्तो देखिन्छन् यद्यपि यो कार्य आफैमा जटिल छ ।

नयाँ सरकार देशमा न्यायप्रणालीलाई छिटो छरितो बनाउन गृहकार्यमा जुटेको छ। उनीहरू इस्लाम धर्ममा आधारित सरिया कानूनलाई व्यवस्थित गर्न जुटिरहेका छन् ।

Skip This
Skip This
Logo