नेपालका ४ खेलाडीले विश्व बक्सिङ च्याम्पियनसिप खेल्ने

नेपालका ४ खेलाडीले विश्व बक्सिङ च्याम्पियनसिप खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपालका ४ खेलाडीले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल बक्सिङ संघले बुधबार विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहने जनाएको छ।

च्याम्पियनसिप अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म हुनेछ। विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन्। सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन्।

खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो। उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडी मध्येबाट ४ खेलाडी छनोट गरिएको हो।

Skip This
Skip This
Logo