बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

केन्द्रबिन्दु
0
Shares

फ्रान्स यूएएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको सेमिफाइनलमा बेल्जियमलाई ३–२ गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधि नजिक पुगेको हो।

इटालीको एलिनाज स्टेडियममा सुरुआती दुई गोलको अग्रता उल्टाएर फ्रान्सले जीत निकालेको हो। फ्रान्सको जितमा करिम बेन्जिमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले एक एक गोल गरे।

बेल्जियमको लागि यान्निक कारास्को र रोमेलु लुकाकुले एक एक गोल गरे। खेलको ३७ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए।

४० औं मिनेटमा ब्रुएनकै पासमा लुकाकुले गोल गर्दा बेल्जियम पहिलो हाफमा २–० ले अघि रह्यो । तर, दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्यो।

खेलको ६२ औं मिनेटमा एमबाप्पेको पासमा बेन्जिमाले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए। ६९ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा थियोले गोल गर्दै फ्रान्सलाई ३–२ को जीत दिलाए। अब फ्रान्सले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। इटालीलाई हराएर स्पेन फाइनल पुगिसकेको छ।

Skip This
Skip This
Logo