निरन्तर सर्वोत्कृष्ट विद्यार्थी उत्पादन गर्न सक्षम : पिनाकल कलेज (भिडियो)

निरन्तर सर्वोत्कृष्ट विद्यार्थी उत्पादन गर्न सक्षम : पिनाकल कलेज (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बजारमा एकातिर दक्ष जनशक्तिको अभाव छ, अर्कातिर बेरोजगारको संख्या पनि बढ्दो छ । यिनै समस्याको समाधानका लागि तल्लीन छ पिनाकल कलेज ।

विद्यार्थीलाई शिक्षासँगै बजारको आवश्यकता अनुसारको सीप प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा अग्रसर यस कलेजले आफ्ना विद्यार्थीहरुको उज्जवल भविष्यको आधार निर्माण गर्दै आएको छ । यस कलेजको विगत २२ वर्षदेखिको नतिजा र पूर्व विद्यार्थीहरुको सफलताले नै यो कुरा प्रमाणित हुन्छ ।

ललितपुरको सेन्टर प्वाइन्ट लगनखेलमा अवस्थित यस कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायका महत्वपूर्ण विषयहरु अध्ययन अध्यापन हुन्छ ।

( भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला )

साथै यस कलेजले विगत १५ वर्षदेखि सिटिइभिटीबाट स्वीकृत प्राप्त फार्मेसी र गत वर्षदेखि त्रिभुवन विश्व विद्यालयबाट अनुमति प्राप्त बिबिएमको अध्ययन अध्यापन हुँदै आएको छ । एउटै कलेजमा धेरै भन्दा धेरै विषयवस्तु अध्ययन गर्न पाइने शिक्षालय हो, पिनाकल कलेज ।

कलेजहरुको भीडमा बेष्ट कलेज बन्ने क्रममा रहेको पिनाकलले थुप्रै सर्वोत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिसकेका छन् । राष्टिय परीक्षा वोर्ड र त्रिभुवन विश्व विद्यालयबाट लिइने परीक्षामा यहाँका विद्यार्थीहरुले सर्वाेत्कृष्ट नतिजा हासिल गर्नुले नै कलेजको महत्व र प्रभावकारिता छर्लंग हुन्छ ।

निरन्तर उत्कृष्ट नतिजा हासिल गरेर आफ्नो बेग्लै पहिचान बनाउन सफल यस कलेजको क्रेज बढ्नुमा यहाँ अध्ययन गरेका पुर्व विद्यार्थीहरुको सफलता पनि एक हो । विद्यार्थीको समय र भविष्यलाई मध्यनजर गर्दै यस कलेजले शैक्षिक क्यालेण्डर नै व्यवस्था गरि विषयविज्ञहरुबाट हरेक हप्ता इन्ट्रान्स क्लास संचालन गर्दै आएको छ । जसले एमबिबिएस र इन्जिनियरिङको इन्ट्रान्समा नाम निकाल्ने मात्रै होइन नियमित कोर्सलाई पनि सघाउ पुग्दछ ।

पाठ्यपुस्तकको अध्ययनलाई प्रभावकारी र व्यवहारिक बनाउन यस कलेजले हरेक विषयमा प्रयोगात्मक अभ्यासको व्यवस्था गरेको छ । जसको परिणामस्वरुप यहाँका विद्यार्थीहरुले विभिन्न प्रतिष्ठित एनजिओ, आइएनजिओ, बैंक लगायतका संंघ संस्थाहरुमा रोजगारी पाएका छन् ।

विजनेश म्यानेज्मेन्ट, होटल म्यानेज्मेन्ट, कम्युटर म्यानेज्मेन्ट मात्रै होइन ह्युम्यानिटीज र कानूनका विद्यार्थीलाई समेत विभिन्न प्रकारका तालिम र प्रयोगात्मक अभ्यास गराइदै आएको छ ।

विभिन्न विषयका विज्ञहरुद्वारा संचालित यस कलेजको सर्वाेत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक संरचना, शिक्षामैत्री वातावरण, व्यवहारिक शिक्षा, दक्ष अनुभवी तथा पाठ्यपुस्तक लेखनमा सक्रिय शिक्षक शिक्षिकाहरु नै मुख्य विशेषता हुन् ।

Logo