फिफा विश्वकप छनोटमा जर्मनी विजयी भएको छ। युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोलले हराएको हो।
जर्मनीको जीतमा सर्ज जिनाब्री र थोमस मुलरले गोल गरे। इअनिस हागीले रोमानियाका लागि एक गोल गरे।
जीतसँगै समूह ‘जे’ को शीर्ष स्थानमा रहेको जर्मनीले ७ खेलमा १८ अंक जोडेको छ। रोमानिया १० अंकसहित चौथो स्थानमा छ।































प्रतिक्रिया