एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि चितवनले हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको चौथो संस्करणको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि हात पारेको छ । यससँगै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।
चितवनले १५.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा पोखराले दिएको ११२ रनको लक्ष्य पुरा गरेको हो ।
विजेता टोली चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ सहित ६३ जोडेका थिए । यसका साथै इमर्जिङ प्लेअर अफ दि टुर्नामेन्टको उपाधि सार्कीले नै पाएका छन् । उनले यो संस्करणमा २ अर्ध शतक प्रहार गरेका थिए ।
यस्तै राजेश पुलामीले १४ रन, दिलीप नाथले १८ रन र मोहम्मद शाहजादाले ११ रन जोडेका थिए ।
त्यस्तै व्यक्तिगत अवार्ड तर्फ डेयर टु ड्रिम अवार्ड चितवन टाइगर्सका कमल सिंह ऐरीले पाएका छन् भए चितवनकै सागर ढकाल म्यान अफ दि सिरिज बनेका छन् ।































प्रतिक्रिया