विश्वकप छनौटः इंग्ल्याण्डद्वारा एन्डोरामाथि सहज जीत

विश्वकप छनौटः इंग्ल्याण्डद्वारा एन्डोरामाथि सहज जीत

केन्द्रबिन्दु
0
Shares

विश्वकप छनौट अन्तर्गत युरोपियन क्षेत्रको छनौट चरणकाे समूह आईमा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई पराजित गरेको छ। जीतसँगै इंग्ल्याण्ड विश्वकप फुटबलमा छनौटको नजिक पुगेको छ। 

अवे मैदानमा भएको खेलमा ५–० को जीत निकालेकाे हाे। इंग्ल्याण्डका लागि १७ औँ मिनेटमा बेन चिल्वेल, ४० औँ मिनेटमा बुकायो साका, ५९ औँ मिनेटमा ट्यामी अब्राहम, ७९ औँ मिनेटमा जेम्स वार्ड–प्रोव्से र ८६ औँ मिनेटमा ज्याक ग्रीलिशले गोल गरे।

जीतपछि इंग्ल्याण्डको सात खेलबाट १९ अंक भएको छ। शनिबार राति नै भएको खेलमा हंगेरीलाई १–० ले पराजित गरेको अल्बानिया १५ अंकसहित दोस्रो स्थानमा छ। सान मारिनोलाई ५–० ले पराजित गरेको पोल्याण्ड १४ अंकसहित तेस्रो स्थानमा रहेको छ।

Skip This
Skip This
Logo