२० दिन हिँडेर काठमाडौं आइपुगेका पीडित परिवारका सदस्यहरुद्वारा माइतीघरमा धर्ना

२० दिन हिँडेर काठमाडौं आइपुगेका पीडित परिवारका सदस्यहरुद्वारा माइतीघरमा धर्ना

केन्द्रबिन्दु
0
Shares

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरूले माइतीघरमा धर्ना दिएका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन् । 

बाँकेमा दुई महिलाहरू नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगन्जबाट पैदल यात्रा गरेको हो ।  

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । धर्नामा बसेकी स्थानीय आप्दा धोबीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताए । उनले काठमाडौं आइसकेको ५ दिन बितिसक्दा समेत आफूहरूको माग सुनुवाइ हुन नसकेको बताए ।

स्थानीय दर्जीले भने, ‘१५ जना छौँ, २० दिन लाग्यो, १ गते बाँकेको सिडिओ कार्यालयबाट हिँडेका हौँ, रातदिन हिँड्यौँ, कहीँ ढुंगामा सुत्यौँ, कतै बाटोमा सुत्यौँ,कहीँ पानीमा सुत्यौँ, धेरै गाह्रो भएछ, न्याय माग्न आएका हौँ, हामीलाई न्याय चाहियो, हाम्रो माग पूरा होस्, हामी त्यसपछि फर्किन्छौँ, १९ दिन सिडिओ कार्यालयमा धर्ना बस्यौँ नेपालगन्जमा, यहाँ पनि ५ दिन भयो सुनुवाइ भएको छैन,जबसम्म सुनुवाइ हुँदैन, तबसम्म यहीँ हामी धर्ना बस्छौँ ।’

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुर्व्यवहार गरेको बताएका छन् । उनीहरूले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् । पीडित कुर्मी र धोबीको हत्यापछि बाँकेमा न्याय नमिलेको भन्दै असोज १ गते पीडित परिवारका सदस्यहरू काठमाडौंका लागि पैदल हिँडेका थिए । 

Skip This
Skip This
Logo