सन्दीपको अर्को सफलताः आईसीसी प्लेयर अफ दी मन्थ

सन्दीपको अर्को सफलताः आईसीसी प्लेयर अफ दी मन्थ

केन्द्रबिन्दु
0
Shares

सन्दीप लामिछानेले क्रिकेट इतिहासमा अर्को सफलता हात पारेका छन् । उनी आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा उनलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।

सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको मनोनयनमा उनीसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा छनोट भएका थिए ।

सन्दीपले लिग टूको त्रिकोणात्मक सिरिजमा आकर्षक प्रदर्शन गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए । 

विगत केही महिना यता भटाभट विदेशको खेल गुमाइरहेका सन्दीपलाई आईसीसी प्लेयर अफ दी मन्थको सफलताले मलहम लगाइ दिएको छ ।
 

Skip This
Skip This
Logo