टोकियो ओलम्पिकमा सहभागी खेलाडीलाई एनआरएनएको सम्मान

टोकियो ओलम्पिकमा सहभागी खेलाडीलाई एनआरएनएको सम्मान

केन्द्रबिन्दु
0
Shares

टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोट्र्स एकेडेमीले सम्मान गरेको छ । 

एनआरएनए स्पोट्र्स एकेडेमीले सोमवार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा एक मात्र सहभागी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान गरेका हो । 

ओलम्पिकमा एथलेटिक्सबाट सहभागी सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार, पौडीबाट महिलामा गौरिका सिंह र एलेक्स शाह रहेका छन् ।

यस्तै प्रशिक्षकमा एथलेटिक्साट सन्तोष श्रेष्ठ, जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पौडी प्रशिक्षक शंकर कार्की र सुटिङका प्रशिक्षक असिम यादवलाई एनआरएनले सम्मान गरेको हो । यस्तै पारालिम्पिक खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका हुन् ।

खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनले नेपाली संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका संयोजक हिमाल गुरुङलगायतलाई सम्मान गरे । 

कार्यक्रममा वरिष्ठ खेल पत्रकार श्याम चित्रकार र निरञ्जन राजवंशीलगायत विभिन्न खेलका खेलकर्मी तथा प्रशिक्षकहरु पनि सम्मानित भए ।

एनआरएनए स्पोर्टस एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीलाई लक्षित गर्दै मार्सल आर्टस च्याम्पियनसिप आयोजना गर्ने पनि जनाएको छ । 

Skip This
Skip This
Logo