दसैं विशेषः यसरी बनाइन्छ चितवनको फेमस तास (भिडियोसहित)

दसैं विशेषः यसरी बनाइन्छ चितवनको फेमस तास (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं अनामनगरमा रहेको ‘भेटघाट’ रेस्टुरेन्टको चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बनेको छ। खसीको मासुबाट बनाइने यो परिकार चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा फैलिएको छ। 

तास खाजाको परिकार हो। तास नेपालको रैथाने मौलिक खाना त होइन तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा बसेको हो। 

२०४४ सालदेखि भेटघाट रेस्टुरेन्टमा तास बिक्री गर्न थालेका हुन्। तासमा २०–२५ थरीका मसला मिलाउनु पर्छ । मसला मोलेर मासुलाई करिब पाँच घन्टा फ्रिजमा राख्ने र त्यसपछि ठूलो तावामा तातेको तेलमा मज्जाले भुटेपछि तास तयार हुन्छ ।

चितवनबाटै तासका लागि आवश्यक मसला बनाएर जहाजमार्फत काठमाडौं ल्याउने गरेको भेटघाट रेस्टुरेन्टका सञ्चालक महेश तिवारी बताउँछन् । खण्डेथालमा तास, भुजा, चिउरा र अचार राखिन्छ । भुजामाथि भुटेको मसला पनि राखिन्छ, जसले थप स्वादिलो बनाउँछ । 

हेरौं यो भिडियोः

 

Skip This
Skip This
Logo