इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा कोलकाता नाइट राइडर्स प्रवेश गरेको छ।
गएराति भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चार विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो। अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ। यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ।
यससँगै बेङ्ग्लोर भने प्रतियोगिताबाट बाहिरिएको छ। बेङ्ग्लोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।
कोलकाताको जीतमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे। यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए। नितिश रानाले २३ रन बनाए। बेङ्ग्लोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २/२ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो।
बेङ्ग्लोरका कप्तान विराट कोहलीले ३९ रन जोडे। देवदूत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए।































प्रतिक्रिया