दसैँमा पकाइने मासु र सेलरोटीको सुगन्धले सधैँ लोभ्याइरहन्छ: शिव परियार (भिडियाेसहित)

दसैँमा पकाइने मासु र सेलरोटीको सुगन्धले सधैँ लोभ्याइरहन्छ: शिव परियार (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक शिव परियारले बाल्यकालमा अभावकै बीचमा पनि दसैँ भनेपछि छुट्टै उमंग आउने अनुभव बोकेका छन्। बाल्यकालमा अभावकै बिच पनि रमाइलो हुने दसैँ परिपक्व हुँदै जाँदा सम्पन्नताका बीच पनि उत्साहहीन हुने गायक परियार बताउँछन्।

उनको बुझाइमा दसैँ भनेको केटेकेटीहरुका लागि बढी महत्त्वपूर्ण हुन्छ। उनले भने ‘अब मेरो छोरीलाई दसैँ आउँछ। उसको रमाइलो नै छुट्टै छ। दसैँ परिपक्व भएर भन्दा अबोधपनामै मनाएको छुट्टै मजा आउने रहेछ।’

दसैँको पिङसँग उनका केही प्रेमिल यादहरू पनि जोडिएका छन्। दसैँमा पिङ खेल्न जाँदा मन परेका मन्छेहरुसँगको भेटघाटले दसैँमा झनै उमंग थपिने गरेको उनी सम्झन्छन्।

दसैँ आउँदा उनी आफ्नी स्वर्गीय हजुरआमालाई सम्झन्छन्। यससँगै बाल्यकालमा लगाएका टीका र जमरा उनलाई सधैँजसो याद आउँछ। गायक परियारलाई दसैँमा पकाइने मासु र सेलरोटीको सुगन्धले सधैँ लोभ्याइरहन्छ। 

गायक परियारले केन्द्रबिन्दुसँग कुराकानी गर्दै यस पटक परिवारका सदस्यहरूसँगै बसेर दसैँ मनाउने उनको योजना रहेको बताएका छन्। केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले उनीसँग गरेको कुराकानी हेरौँ यो भिडियोमा:

 

Skip This
Skip This
Logo