आज विश्व दृष्टि दिवसः संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित

आज विश्व दृष्टि दिवसः संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित

केन्द्रबिन्दु
0
Shares

आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस। हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ। मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ ‘आफ्नो आँखाको माया गर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यस वर्षको विश्व दृष्टि दिवस मनाइँदैछ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीवि)ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आएको छ।

अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीवि) को नेपाल पनि एक सदस्य राष्ट्र हो। विश्वका करिब दुई अर्ब २५ करोड मानिसमा आँखाको समस्या रहेको र करिब चार करोड मानिसमा अन्धोपन रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र रहेको छ जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ। तर, लापरबाही गर्नाले र सबै ठाउँमा उपचारको सहज पहुँच नहुनाले यो समस्या झन विकराल बन्दै गएको छ। 

विशेष गरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिए पनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ। 

नेपालमा अनुमानित एक लाख मानिस दृष्टिीविहिन छन् भने दश लाखभन्दा बढी मानिस दृष्टिदोषको समस्याबाट ग्रसीत छन्। जसमा ६६ प्रतिशतको अन्धोपन उपचार गर्न सकिने किसिमका छन्। 

विश्वभर अन्धोपनाको मुख्य कारणमा मोतिविन्दु रहेको छ । मोतिविन्दु सम्बन्धी ६५ प्रतिशत घटना रहेको भेटिएका छन्। त्यसतै आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य ७ प्रतिशत रहेको छ। 

आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षण हुन्। यो समस्या जो कोहीलाई पनि हुनसक्छ।

आँखाको समस्या हुनुमा मधुमेह रोग एउटा मुख्य कारक तत्वको रुपमा रहेको छ। विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका बिरमी रहेका छन्। नेपालमा पनि चारजना आँखाका बिरामीमध्ये एकजनामा मधुमेह रोग रहेको तथ्यांक रहेको छ।न्युज कारखाना 

Skip This
Skip This
Logo