दसैँ छैन त्यसैले पोखरा घुम्न जाने याेजना छ: दीपकराज गिरी

दसैँ छैन त्यसैले पोखरा घुम्न जाने याेजना छ: दीपकराज गिरी

केन्द्रबिन्दु
0
Shares

ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दसैँ छैन। तर पनि दसैँ आउँदा मलाई अर्कै रौनक लागेको छ। 

कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ। एकदम सुरक्षित भएर चाडपर्व मनाउनु पर्नेछ। बजारमा देखिएको भीडभाडले साँच्चै नै दसैं आएको महसुस गराएको छ। तर,यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको छ। 

यसपालि टीका नभएकाले दसैँमा कतै घुम्न जाने की भन्ने सोचमा छु। बिदेश घुम्न जानलाई पिसिआर टेस्ट, के के चाहिन्छ, त्यतिञ्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगिन्छ। 

पोखरा जाने की भन्ने सोचेको छु। आफ्नो दसैँ नभए तापनि आम नेपाली दाजुभाइ दिदीबहिनीमा दसैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।

Skip This
Skip This
Logo