विश्वकप छनोटः अर्जेन्टिना र बोलिभिया विजयी

विश्वकप छनोटः अर्जेन्टिना र बोलिभिया विजयी

केन्द्रबिन्दु
0
Shares

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र बोलिभिया विजयी भएका छन्।

आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको हो। अर्जेन्टिनाको जीतमा खेलको ४३ औं मिनेटमा लउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो।

जीतसँगै अर्जेन्टिनाले ११ खेलमा २५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। पेरु भने ११ अंकसहित नवौं स्थानमा छ।

आज बिहानै भएको अर्को खेलमा बोलिभियाले पाराग्वेलाई ४–० ले हराएको छ भने कोलम्बिया र इक्वेडरले गोलरहित बराबरी खेलेका छन्।

Skip This
Skip This
Logo