माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपाल र भारतबीच खेल जारी छ। नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु भएको हो।
पहिलो हाफ सकिंदा दुवै पक्षबाट कुनै गोल भएको छैन । यद्यपी दुवै पक्षबाट आक्रामक प्रयासहरु भने भएका छन्।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। त्यसैले चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको खेल रोमाञ्चक हुने भइरहेको छ।
नेपालले पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेर इतिहास बनाएको छ भने अब उपाधि जितेर नयाँ इतिहास बनाउने सुनौलो अवसर पनि पाएको छ।
नेपाली टोली
गोलरक्षक– किरण कुमार लिम्बु (कप्तान)
डिफेन्डर– गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल
मिडफिल्डर–पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ
स्ट्राइकर–सुमन लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ































प्रतिक्रिया