उदयपुरमा डेंगु नियन्त्रण गर्न फगिङ अभियान

उदयपुरमा डेंगु नियन्त्रण गर्न फगिङ अभियान

केन्द्रबिन्दु
0
Shares

उदयपुरको त्रियुगा नगरपालिकाले डेंगु नियन्त्रणका लागि फगिङ अभियान थालेको छ। नगरपालिकाले दसैँभित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ ( औषधि छिर्काउँ कार्यक्रम) थालेको हो। 

नगर क्षेत्रको तराई र भित्रि मधेशमा पर्ने वडा नम्बर १ देखि १३ सम्म फडिङ गर्ने कार्यक्रम अनुरुप धमाधम औषधि छर्ने काम भइरहेको त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए। 

नगरको १६ वडामध्ये १४, १५, १६ पहाडी भेग पर्ने भएकाले त्यसबाहेको क्षेत्रमा फगिङ गर्ने काम भइरहेको छ। 

सिटी सवारीमा फगिङ गर्ने मेसिन राखेर प्रत्येक टोलटोलमा पुगेर औषधि छर्किने काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख अबधनारायण चौधरीले बताए। उनका अनुसार डेल्टामेथ्रिन १.२५ नामक कीटनाशक औषधिलाई डिजलमा मिसाएर छर्किने गरेको बताउँछन्। त्रियुगा नगरपालिकाले विगत तीन वर्षदेखि नियमित रूपमा फगिङ गर्दै आएको छ।

दसैँभित्रैबाट सुरु गरिएको फडिङ अभियान त्रियुगा नगरपालिकाको बजार क्षेत्रका १०, ११, १२, १३ नम्बर वडामा सकिएको स्वास्थ्य शाखा उपप्रमुख चौधरीको भनाइ छ। उदयपुरमा तीन वर्षअघि कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा ३६ जनामा डेंगु संक्रमण भेटिएको  थियो। 

Skip This
Skip This
Logo