काठमाडौं ।
सर्वाेत्कृष्ट नतिजा र संस्कारयुक्त शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित वि.सं.२०६६ सालमा स्थापित साउथ वेस्टर्न स्टेट कलेज आईएसओ ९००१ : २०१५ प्रमाणपत्र प्राप्त गर्न सफल कलेज हो ।
१६ हजार ७२५ स्क्वायर फिट क्षेत्रफलमा अत्याधुनिक भौतिक संरचना निर्माण गरिएको यस कलेज काठमाडौंको बसुन्धरास्थित सुन्दर र शान्त शैक्षिक वातावरणमा अवस्थित छ । अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा अध्ययन अध्यापन पद्धती अपनाउँदै आएको यस कलेजको नतिजा पनि उत्तिकै गर्व गर्न लायकको छ ।
ई–लर्निङलाई प्राथमिकतामा राखेको यस कलेजमा हाल विज्ञान, व्यवस्थापन र कानून संकायमा पठनपाठन भइरहेको छ । हाल यस कलेजले एमए, एमबीएस, बीबीएस, बीसीए र बीएसडब्लू कोर्सको अध्ययन अध्यापन गराउँदै आएको छ ।
सैद्धान्तिक अध्ययन मात्रै होइन प्रयोगात्मक अभ्यासलाई समेत प्रभावकारी बनाउन यस कलेजले साइन्स, कम्प्युटर र म्यानेज्मेन्ट ल्यावको समेत स्थापना गरेको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरुले आईओई, आईओएम, एमओई, बिडिएस नर्सिङ, भेटनरी, चार्टर्ड एकाउन्टेन्ट जस्ता छात्रवृत्तिहरुमा समेत उत्कृष्ट अंकका साथ नाम निकाल्न सक्नु यस कलेजको अर्काे विशेषता हो ।
नियमित अध्यापनको अतिरिक्त विद्यार्थीहरूलाई नैतिक शिक्षालाई कसरी अवलम्बन गर्ने, सकारात्मक सोचको विकास कसरी गर्ने, असल नागरिक कसरी बन्ने, व्यक्तित्व विकास कसरी गर्ने, समय व्यवस्थापन कसरी गर्ने, क्षमतावान् कसरी बन्ने, परीक्षामा राम्रो परिणाम कसरी निकाल्ने, चुनौतीसँग कसरी लड्ने, भन्ने विषयमा प्रशिक्षण दिई विद्यार्थीहरुको व्यक्तित्व विकास गर्न यस कलेज प्रयत्नशिल रहेको छ । विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले यस कलेजले हरेक महिना साउथ वेस्टर्न न्युज लेटर प्रकाशन गर्दै आएको छ ।
कलेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा शैक्षिक अवलोकन भ्रमण तथा अमेरिका, बेलायत, नर्वे, इजिप्ट, टर्की, भारत, चीन लगायतका देशहरूमा अन्तर्देशीय सांस्कृतिक परम्पराहरू आदानप्रदान हुँदै आएको छ । कोभिड १९ ले अभिभावक र विद्यार्थीलाई पारेको प्रभावलाई मध्यनजर गर्दै यस कलेजले नयाँ शैक्षिक सत्रका लागि निःशुल्क भर्ना अभियान संचालन गरेको छ । यसका साथै यस कलेजले अन्य थुप्रै प्रकारका छात्रवृत्तिहरु समेत प्रदान गर्दै आएको छ ।
यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु अहिले डाक्टर, इन्जिनियर, सिए, निजामती, प्रहरी, सेना लगायतका क्षेत्रमा विशिष्ट पदमा कार्यरत छन् । कलेजले अनुसन्धानमुखी शिक्षा र सामाजिक उत्तरदायित्वलाई समान तरिकाले अगाडि बढाउन साउथ वेस्टर्न एकेडेमिक रिसर्च सेन्टरको स्थापना गरिएको छ । यति मात्रै होइन सामाजिक उत्तरदायित्व बहन गर्नका लागि यस कलेज आफ्नो मातहतमा असहाय, सडक बालबालिका, दुःखी तथा जेहेन्दार ६० जना विद्यार्थीहरूलाई निःशुल्क खाना, बस्न र अध्ययनको व्यवस्था गरेको छ ।
शैक्षिक क्षेत्रमा लामो समयको अनुभव संगालेका संचालक टिम, दक्ष व्यवस्थापकीय टिम र प्राज्ञिक शिक्षक शिक्षिकाहरुको समूह रहेको यस कलेजले आफ्नो कुनै पनि विद्यार्थी रोजगारीका लागि भौतारिन नपरोस् भन्ने चाहना राख्दै सोही अनुरुपको शिक्षा प्रदान गर्दै आइरहेको छ ।































प्रतिक्रिया