काठमाडौं ।
अहिले मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य भइरहेका बेला आकस्मिक रूपमा बोलाइएको बैठकलाई चासोका रूपमा हेरिएको छ।
आकस्मिक बैठकबाहेक मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ।





























प्रतिक्रिया