साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज सात सयले बढेको हो। आज दसैंपछि पहिलो पटक बजार खुलेको छ।
आज छापावाला सुनको प्रतितोला ९१ हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य पनि आज ४५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २२५ रुपैंयाँमा कारोबार भइरहेको छ।































प्रतिक्रिया